युक्रेनले रूसलाई वार्ताको प्रस्ताव पठायो
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुससँग शान्ति वार्ता पुनः सुरु गर्न नयाँ प्रस्ताव गरेको बताएका छन्।
रुस र युक्रेनबीच गत महिनादेखि वार्ता अवरुद्ध भएको बेला जेलेन्स्कीले यस्तो बताएका हुन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वरिष्ठ सुरक्षा अधिकारी रुस्तम उमरोभले अर्को हप्ता रुसी पक्षलाई भेट्ने प्रस्ताव गरेको बताएका छन्।
जेलेन्स्कीले युद्धविराम गराउन हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्।
उनले फेरि एकपटक दोहोर्याएका छन् कि उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आमनेसामने भेटवार्ता गर्नुपर्छ।
जेलेन्स्कीले भने, “शान्ति सुनिश्चित गर्न नेतृत्व स्तरमा बैठक आवश्यक छ।”
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार आपूर्ति गर्ने योजना घोषणा गर्दै ५० दिन भित्र युद्धविराम नभएमा रुसमाथि भारी कर (शुल्क) लगाउने चेतावनी दिएका छन्।
रुसले २०२२ मा युक्रेनमाथि आक्रमण गरेको थियो। त्यसबेलादेखि दुई देशबीच युद्ध जारी छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment