घाँटीमा चेन लगाएका कारण एमआरआइ मेसिनले तानेपछि बिरामीका श्रीमानको मृत्यु

डिसी नेपाल
४ साउन २०८२ १५:४२
6.1k
Shares

काठमाडौं । अमेरिकाको लङ आइल्याण्डका एक व्यक्तिको एमआरआई मेसिनमा तानिएर दुखद मृत्यु भएको छ । सानो लापरवाहीका कारण कसरी एक व्यक्ति एमआरआई मेसिन भित्र फसेर मृत्यु भयो भन्ने घटनाको व्यापक चर्चा भइरहेको छ।

डेली मेलको रिपोर्ट अनुसार ६१ वर्षीय किथ म्याकएलिस्टर वेस्टबरीको नासाउमा रहेको खुला एमआरआई मेसिन भित्र फसेका थिए र धेरै पटक हृदयघात भएर मृत्यु भएको थियो । उनी धातुको हार लगाएर मेसिनको नजिक पुगेपछि यो घटना भएको थियो।

किथकी श्रीमती एड्रियन जोन्स-म्याकएलिस्टरले भबताएअनुसार उनी आफ्नो घुँडाको एमआरआई गराउन गएकी थिइन्। एमआरआई गरिसकेपछि उनले प्राविधिकलाई आफ्नो श्रीमानलाई कोठाभित्र पठाउन अनुरोध गरिन्। श्रीमानले आफूलाई टेबलबाट उठ्न मद्दत गर्ने उनको अपेक्षा थियो ।

म्याकएलिस्टर स्क्यानिङ कोठामा प्रवेश गर्दा उनको घाँटीमा २० पाउण्डको धातुको चेन थियो। उनकी श्रीमतीका अनुसार उनले यो चेन तौल प्रशिक्षणको लागि प्रयोग गरेका थिए। कोठामा प्रवेश गरेको केही समयपछि एमआरआई मेसिनको शक्तिशाली चुम्बकले अचानक उनलाई भित्र तान्यो। मेसिनले उनलाई निलेको जस्तो महसुस भयो।

नासाउ काउन्टी प्रहरी विभागको विज्ञप्ति अनुसार, स्क्यान भइरहेको बेला म्याकएलिस्टर एमआरआई कोठामा प्रवेश गरे। त्यसपछि मेसिनको बलियो चुम्बकीय बलले उनको घाँटीमा बाँधिएको धातुको चेनलाई आफूतिर तान्यो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *