‘श्रमजीवि पत्रकारले पारिश्रमिक नपाए काउन्सिलमा उजुरी दिने व्यवस्था होस्’
काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा काउन्सिलमा उजुरी दिने व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन्।
मंगलबार बसेको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले श्रमजीवि पत्रकारहरु समस्यामा परेको भन्दै काउन्सिलमा उजुरी दिने व्यवस्था गर्नुपर्ने बताएकी हुन्।
उनले भनिन्, ‘यस विधेयकको दफा १९ को १ मा श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा वा यसको संशोधन दफा ५ को संशोधनसँग सम्बन्धित छ। श्रमजीवि पत्रकारको पारिश्रमिक पाए नपाएको काउन्सिलले अनुगमन गरेपश्चात नपाएको अवस्थामा प्रस्ताव आवश्यक छ। श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा काउन्सिलमा उजुरी दिने व्यवस्था गर्न आवश्यक छ। श्रमजीवि पत्रकारहरुको विषयका उल्लेख नभएको र उहाँहरु समस्यामा परिरहेको देखिरहेका छौ। त्यसकारण मैले यो संशोधन राखेको छु।’
उपाध्यक्ष घिमिरेले विधेयकले साइबर अपराध नियन्त्रणका लागि कानुनी आधार निर्माण गर्ने विश्वास व्यक्त गर्दै आवश्यक परिभाषा, व्याख्या र संशोधनमार्फत विधेयकलाई अझ प्रभावकारी बनाउन सकिने उल्लेख गरिन्।
समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिएको छ।







डिसी नेपाल







Facebook Comment