बिटक्वाइन प्रयोग नगर्न राष्ट्र बैंकको आग्रह

डिसी नेपाल
१८ भदौ २०७६ ८:४४

बुजुम्बुरा । मध्य अफ्रिकी मुलुक बुरुन्डीको केन्द्रीय बैंकले नागरिकलाई भर्चुअल मुद्रा प्रयोग नगर्न चेतावनी दिएको छ । बैंकले यस्तो मुद्राको कारोबार अवैध हुने जनाएको छ ।

बुरुन्डीका गभर्नर जाँ सिजाले एक वक्तव्य प्रकाशन गरी यस्तो मुद्रालाई सरकार वा बुरुन्डीको केन्द्रीय बैंकले मान्यता नदिएको जनाएका छन्। “कुनै पनि निकाय वा वित्तीय संस्थालाई विप्रेषण कारोबार वा अरु कुनै किसिमको भुक्तानी गर्दा यस्तो मुद्रामा गर्न अनुमति दिइएको छैन ।”

गभर्नर सिजाले केन्द्रीय बैंकबाट इजाजतप्राप्त विश्वासिलो वित्तीय संस्थाबाटै आर्थिक कारोबार गर्न पनि आग्रह गरेका छन् । बैंकको एक अनुमान अनुसार बुरुन्डीमा २० हजारभन्दा बढी मानिसले हाल बिटक्वाइन (भर्चुअल मुद्रा) को कारोबार गरिरहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *