पेस्तोलसहित दुई जना पक्राउ
सर्लाही । कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
मलंगवा नगरपालिका-६ सुखनिया टोलबाट कटुवा पेस्तोल एक थानसहित सोही ठाउँ बस्ने २३ वर्षीय हुलास पासवान गरी जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment