२५ सयभन्दा बढी जेष्ठ व्यक्ति नागरिकताविहीन, समस्या समाधान गर्न माग
काठमाडौं । जेष्ठ राष्ट्रिय नागरिक महासंघले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ।
महासंघका प्रतिनिधिहरुले अध्यक्ष निवास खुमलटारमा भेटगरी जेष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेको हो।
महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने लगायतका मागहरू राखे।
खासगरी २५०० भन्दा बढी जेष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित बनाएको भन्दै यो समस्या समाधान गर्न नेतृत्व लिइदिन महासंघले अनुरोध गरेको छ।
महासंघका मागहरूलाई गम्भीरतापूर्वक सुनेपछि अध्यक्ष प्रचण्डले महासंघलाई आश्वस्त पार्दै भने,’तपाईंहरूले उठाएका मागहरू अत्यन्तै न्यायसंगत छन्। म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु। यी मागहरूलाई गर्ने दिशामा हाम्रो पार्टी माओवादी केन्द्रले सकारात्मक पहल गर्ने छ।’







डिसी नेपाल







Facebook Comment