युद्धमै उत्रिए थाइल्याण्ड र कम्बोडिया, कम्तिमा १२ जनाको मृत्यु

डिसी नेपाल
८ साउन २०८२ १५:०६
1.5k
Shares

काठमाडौं । थाइल्याण्ड-कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

थाइल्याण्डका स्वास्थ्यमन्त्रीले झडपमा एक सैनिक र ११ जना सर्वसाधारणको मृत्यु भएको बताएका छन्। उनले आक्रमणबाट प्रभावित ३५ जनामध्ये आफू पनि रहेको बताए।

थाई अधिकारीहरूको रिपोर्ट अनुसार, सुरिन प्रान्तमा दुई नागरिकको मृत्यु भएको छ जसमा एक आठ वर्षीय बालक पनि समावेश छन् ।

उबोन रत्चाथानी प्रान्तमा एक जना नागरिकको मृत्यु भएको छ भने सिसाकेट प्रान्तमा आठ जना नागरिकको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.