इजरायल र हमासबीच युद्धविराम सम्झौता अलपत्र, इजरायलले वार्ता टोली फिर्ता बोलायो
काठमाडौं । इजरायल र हमासबीच युद्धविराम सम्झौताको बारेमा जारी वार्ता स्थगित भएको छ। इजरायलले युद्धविराम वार्ता टोलीलाई इजरायल फिर्ता बोलाएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले कतारबाट युद्धविराम वार्ताकारहरूको आफ्नो टोली फिर्ता बोलाएको बताएको छ।
“आज बिहान हमासको प्रतिक्रियालाई ध्यानमा राख्दै, वार्ता टोलीलाई थप परामर्शका लागि इजरायल फिर्ता बोलाउने निर्णय गरिएको छ,” प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमा भनेको छ।
“वार्तालाई सफल बनाउन कतारी र इजिप्टका मध्यस्थकर्ताहरू र राजदूत विटकफको प्रयासको हामी प्रशंसा गर्छौं।”
यस महिनाको सुरुमा, प्यालेस्टिनी अधिकारीहरूले बीबीसीलाई बताएअनुसार गाजामा नयाँ युद्धविराम र बन्धक रिहाइ सम्झौतामा इजरायल र हमासबीच कतारमा भएको वार्ता असफल हुने अवस्थामा पुगेको छ।
अर्कोतर्फ, मध्यपूर्वका लागि अमेरिकी राजदूत स्टिभ विटकफ आज इटालीमा छन्, जहाँ उनले इजरायल र कतारका वरिष्ठ अधिकारीहरूसँग इजरायल-हमास युद्धविरामको सम्भावनाबारे छलफल गर्नेछन्।







डिसी नेपाल







Facebook Comment