मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

डिसी नेपाल
११ साउन २०८२ १९:५०
36
Shares

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका७ रमनटारस्थित सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

आज दिउँसो हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नंको ट्रकले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३०४ प ११६२ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्युभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दुर्घटनामा स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका११ निवासी ५१ वर्षीय मोतिबहादुर क्षेत्रीको मृत्यु भएको जानकारी दिइ। दुर्घटनामा परेर गम्भीर घाइते भएका उहाँको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परेर सोही स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका९ सरतपुर निवासी ३६ वर्षीया नरमाया गुरुङ घाइते भएकी छन्। उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.