सुदूरपश्चिमका दुई मन्त्रीका गाडी एकआपसमा ठोक्किए

डिसी नेपाल
१३ साउन २०८२ १४:३७
1.0k
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडी एकआपसमा ठोकिँदा दुर्घटना भएको छ।

आज कैलालीको लम्कीचुहा नगरपालिकाको लम्कीबजार नजिक आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की र भौतिक पूर्वाधर विकासमन्त्री सुरेन्द्र पाल सवार गाडी एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

मन्त्री सार्की सवार से १ झ ३३० र मन्त्री पाल सवार बा २ झ १४१९ नम्बरको गाडी एकआपसमा ठोक्किँएको प्रहरीले जनाएको छ।

कटासे जलविद्युत आयोजनाको इन्टेक उद्घाटन कार्यक्रममा सहभागी हुन चिसापानी जाने बेला सो दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *