काठमाडौंसहित विभिन्न स्थानमा पाँच जनाको शव फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला परेको छ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ स्थित निमार्णाधीन घरको मेन ढोका अगाडि सोही ठाउँ बस्ने खोटाङ घर भएका ५० वर्षीय राजकुमार राई बुधबार मृत फेला परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका-१३ स्थित मोहना नदीमा पहिचान नखुलेका अन्दाजी ९ वर्षीय बालक मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी कैलाली, चुरे गाउँपालिका-४ राताखालीस्थित शिवगङ्गा खोलाको बगरमा गौरीगंगा नगरपालिका-६ बनवेहडा बस्ने ३१ वर्षीय टेक रोकाया मंगलबार मृत फेला परेका छन्।
काभ्रेको रोशी गाउँपालिका-२ देवीथान बस्ने ३६ वर्षीय सार्कीमान भन्ने बुद्ध लामा सोही ठाउँस्थित गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन्।
कपिलवस्तुको वाणगंगा नगरपालिका-२ नन्दनगरस्थित सडकमा सोही नगरपालिका-३ धनकौली बस्ने ६५ वर्षीय गोरख नाथ यादव बुधबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment