सालको गोलिया काठसहित स्कारपियो गाडी गस्ती टोलीको नियन्त्रणमा
रौतहट । रौतहट वनगस्ती टोलीले सालको गोलिया काठसहित स्कारपियो गाडी नियन्त्रणमा लिएको छ।
भारतीय नम्बर प्लेटको एम एच ०४ डि बि ६३५३ स्कारपियो गाडीमा लोड गरिएको अवस्थामा गस्ती टोलीले बरामद गरेको हो। डिभिजन वन कार्यालय, रौतहटका वन अधिकृत बिनोद जेठरा र जमदार उपेन्द्र यादव सहितको गस्ती टोलीले नियमित अनुगमनका क्रममा गएराती सो गाडीलाई नियन्त्रणमा लिएको छ।
डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत बिनोद जेठराका अनुसार कटहरिया नगरपालिका वडा नम्बर १ को भसेढवा नजिकबाट सालको गोलिया काठ सहित स्कारपियो गाडी नियन्त्रणमा लिइएको हो। गुजरा नगरपालिकाको सिम्री बन क्षेत्रबाट सब डिभिजन बन कार्यालय जगलसैयाको सडक हुदै लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले जानकारी दिए।
वनगस्ती टोलीलाई देख्ना साथ गाडीका चालकले भागेको उनले बताए। भारतीय नम्बर प्लेटको गाडीमा लोड गरिएको काठको स्रोत तथा कागजातबारे कुनै वैध प्रमाण नभएको उनले उल्लेख गरेका छन।चार थान गोलिया बरामद भएको र काठ तस्करीमा संलग्न व्यक्तिहरूको खोजी कार्य भैरहेको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment