भरत तालमा युवतीको शव फेला
जनकपुरधाम । सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा एक युवतीको शव फेला परेको छ।
अन्दाजी २२ वर्षीया युवतीको शव आज दिउँसो फेला परेको प्रहरीले जनाएको हो। युवतीको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ।
हरियो कुर्ता र निलो जिन्स पेन्ट लगाएकी युवती तराइमुलको भएको प्रहरीले जनाएको छ।
शव तालमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment