खैरो हेरोइनसहित र नगदसहित काठमाडौंबाट एक युवक पक्राउ
काठमाडौं । काठमाडौंको सामाखुसीबाट खैरो हेरोइनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
बुधबार अपराह्न काठमाडौं-२६ टाउनप्लानिङमा रहेको एक घरबाट १०९ ग्राम खैरो हेरोइनसहित प्रहरीले झापाको मेची नगरपालिका-१० का शंकर राजवंशीलाई पक्राउ गरेको हो।
लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक शरणबिक्रम शाह नेतृत्वको ६ जनाको टोलीले उनलाई पक्राउ गरेको हो। उनको कोठाको सिरानी मुनी प्लास्टिकसहित ११३.६८ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
उनको कोठाबाट प्रहरीले एउटा डिजिटल तराजु, ९ वटा मोबाइल र ८२ हजार ६३५ रुपैयाँ नगद र ६ हजार भारतीय नगद बरामद गरेको छ।
लागूऔषध नियन्त्रण ऐन अनुसार १०० ग्राम भन्दा बढी जतिसुकै परिणामको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैद सम्मको सजाय हुनसक्ने व्यवस्था छ।







डिसी नेपाल








Facebook Comment