ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु
दाङ । तुलसीपुर उपमहानगरपालिका-७ मोतिपुरस्थित सडकमा तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको रा.१ त ३४७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
प्रहरीका अनुसार ट्याक्टरमा सवार सोही उपमहानगरपालिका-१७ बस्ने १५ वर्षीय सविन भण्डारी र १६ वर्षीय मनोज रोका मगरको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment