सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते

डिसी नेपाल
१६ साउन २०८२ १७:०९
64
Shares

कमलामाई (सिन्धुली) । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका१ बस्तीपुरमा रुखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आज दिउँसो अविरल वर्षासँगै आएको पहिरोले सालको रुख टहरामा खसेको थियो।

घटनामा टहरामा ओत लागेका नौ वर्षीय सार्की थिङ र १६ वर्षीय शन्ता गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएकोहो।

यस्तै, १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र सात वर्षीय सुशील थिङ घाइते भएका छन्। तीनै जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *