एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल

डिसी नेपाल
१७ साउन २०८२ १५:३६
188
Shares

काठमाडौं । नेता भीम रावलले एमालेलाई सही ठाउँमा ल्याउन खोज्दा ‘तानाशाही शक्ति’ लगाएर आफूलाई निकालेको आरोप लगाएका छन्।

बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले सिद्धान्तबाट च्यूत भएर विधि, प्रणाली, सिद्धान्तमा नरहेको र सिद्धान्त ल्याउन खोज्दा आफूलाई निकालेको टिप्पणी गरेका हुन्।

उनले भने, ‘मैंले विद्रोह गरेको होइन, सिद्धान्तबाट च्यूत भएर उनीहरुले नै विद्रोह गरेका हुन्। मैंले ठिक ठाँउमा आउ भनेकाले निरङकुश र तानाशाही शक्ति लगाएर निकालियो। मंैले जुन विधि, प्रणाली, सिद्धान्तमा पार्टी हिडेनन् भनेको थिए। त्यसको पुष्टि भएको छ।’

उनले नेपालका सबै राजनीतक दलहरु राष्ट्रिय हित र मर्यादामा नरहेकाले सबै पार्टीभित्र भाडभैंलो भएको बताए।

‘म टिप्पणी गर्दिन। तर नेपालका सबै राजनीतिक दलहरु राष्ट्रिय हित र मर्यादामा छैनन्। पार्टीहरुले घोषित नीति, विधि केही पनि नमानेकाले यत्रतत्र सर्वत्र भाडभैलो त्यसकै कारण भएको हो,’उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.