कटुवा पेस्तोलसहित तीन जना पक्राउ
सिराहा । नरहा गाउँपालिका-३ खोरियाटोलबाट कटुवा पेस्तोल एक थानसहित तीन जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत मधुबनी बेल्हीपुर्वी पच्चायत झौली टोल बस्ने १९ वर्षीय ऋषि नाथ, छारापट्टी कमलाबारी बस्ने २० वर्षीय ओम शंकर यादव र कमलाबारी फुलकाहा बस्ने १९ वर्षीय आकाश कुमार मण्डल रहेका छन्।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले भारतबाट गोलबजारतर्फ आउँदै गरेको बीआर ३२ एडब्लु १८१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment