दोहोरो भूमिकामा प्रकाश सपूत

डिसी नेपाल
१९ भदौ २०७६ ११:२२

काठमाडौं। लोकप्रिय गायक तथा मोडल प्रकाश सपूतले दोहोरो भूमिका निर्वाह गरेको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।

रियल जोडी विवेक र तारा थापाको गायन रहेको ‘लालुमै लालुमै’ बोलको गीतको भिडियोमा प्रकाश दुई भूमिकामा देखिएका छन्। गीतमा प्रकाश बाबु र छोराको भूमिकामा छन्।

यो गीतको बुधबार राजधानीमा एक कार्यक्रमकाबीच चर्चित संगीतकार शम्भुजित बास्कोटा, चर्चित गायिका कुन्ती मोक्तान लगायतको उपस्थितिमा बिमोचन गरिएको हो। गीतमा सुरज थापाको शब्द तथा संगीत छ।

गीतको भिडियोमा प्रकाशसंग मोडल रियाशा दाहाल र कुमार लामा फिचर्ड छन्। भिडियोलाई रमाईलो तरिकाले प्रस्तुत गरिएको छ।

गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियोलाई सुरज थापाले निर्देशन गरेका हुन्।

उत्तम हुँमागाइँको छायांकन रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन्।
हेर्नुहोस् भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *