दिक्तेल समाज काठमाडौंको वार्षिक उत्सव समारोहमा लाखे नाच प्रदर्शनी

डिसी नेपाल
२१ साउन २०८२ १५:३९
20
Shares

काठमाडौं । खोटाङको दिक्तेल समाज काठमाडौंले १६ औं वार्षिक उत्सव समारोहमा लाखे नाच प्रदर्शनी गरेको छ।

बुधबार दिक्तेल समाज काठमाडौंले नेवा समुदायको कला, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले १६ औं वार्षिक उत्सव समारोहका साथै लाखे नाच प्रदर्शनी गरेको हो।

खोटाङ जिल्लाका दिक्तेलबासी टंक बहादुर श्रेष्ठले दिक्तेलमा नेवा समुदायले जस्तैगरी नेवा पर्वहरु मनाइने बताए।

उनले भने, ‘दिक्तेल समाज भनेको नेवा समुदायको नितान्त कला संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले दिक्तेल समाज काठमाडौंले लाखे नाच नचाइरहेका छौ। दिक्तेलबाट काठमाडौं आएका करिब १२२ घर परिवार यहाँ छौ। हामी हाम्रो पुर्खाले जसरी दिक्तेलमा गरिरहनु भएको थियो त्यसरी नै यहाँ गरिरहेको छौ।’

यस्तै पुख्र्यौली घर खोटाङ दिक्तेल भएकी कलाकार दिपाश्री निरौलाले सबै जना मिलेर नेपाली संस्कारलाई जोगाउनुपर्ने बताइन्।

‘लाखे नाच परम्परा हो। यसलाई हामी सम्पूर्ण नेपालीहरुले जोगाएर राख्नुपर्छ। त्यसकारण अहिलेको पिढीले झन धेरै खोजिरहेका छन्। अहिलेको पिढी यति चलाख हुुनुन्छ उहाँहरुले युटुवमा, गुगलमा खोजेर त्यही माध्यमबाट आफ्नो कला राखिरहनु भएको छ। अबको पिढीले परम्परा बिर्सिदैनन्। बिर्सिए भने पनि हामी झक्झकाउछौ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.