पशुपति शर्मा सवार कार दुर्घटना

डिसी नेपाल
२१ साउन २०८२ १७:३३
680
Shares

काठमाडौं । गायक पशुपति शर्मा सवार कार दुर्घटना भएको छ। बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका-२ मा कार दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी धिराम न्यौपानेले सामान्य दुर्घटना भएको बताएका छन्।

उनका अनुसार पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो।

कारमा सवार ४ जना सवा रहेको बताइएको छ। कारमा सामान्य क्षति पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.