पोखरीमा डुबेर बारामा सात वर्षीय बालकको मृत्यु

डिसी नेपाल
२१ साउन २०८२ २१:४२
52
Shares

निजगढ (बारा)। बाराको कलैया उपमहानगरपालिका– ३ गङ्गापुरमा आज दिउँसो पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–३ गङ्गापुरका रामईश्वर साहका ७ वर्षीय छोरा सञ्जीत साह रहेका छन्। घर नजिकैको छठघाटका लागि बनाइएको पोखरीमा डुबेर बालकको मृत्यु भएको हो। बालक पोखरीमा डुबेको देखेपछि स्थानीयले तत्कालै उद्धार गरी अस्पताल लगेका थिए।

बालकलाई उपचारका लागि कलैयास्थित आशिर्वाद अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *