संसदीय समितिमा छलफलमा रहेको शिक्षा विधेयक स्वीकार्य छैनः शिक्षक महासंघ

डिसी नेपाल
२४ साउन २०८२ १८:२७
80
Shares

काठमाडौं। नेपाल शिक्षक महासंघकी सचिव कल्पना पनेरूले प्रतिनिधिसभाअन्तर्गतको अहिले संसदीय समितिमा छलफलका क्रममा रहेको शिक्षा विधेयक आफूहरुको लागि स्वीकार्य नरहेको बताएकी छन्।

शनिबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले उक्त विधेयक स्वीकार गर्न नसकिने र शिक्षक महासंघ आन्दोलनमा जानुपर्ने बताएकी हुन्।

उनले शिक्षा क्षेत्र अत्यन्त अराजक अवस्थामा र मनोमानी ढंगले गुज्रिरहेको र पञ्चायतकालीन शिक्षा ऐनलाई आज गणतान्त्रिक भनिएको नेपालमा आ–आफ्नो अनुकूलतामा व्याख्या विश्लेषण गर्ने काम भइरहेको जिकिर गरिन्।

शिक्षा समितिले विधेयकलाई अघि बढाउदै गर्दा महासंघसँग विभिन्न मितिमा गरेको सम्झौतालाई नजरअन्दाज गरेको उनको भनाइ छ।

उनले अस्थायीहरुको सवाल न्यायपूर्ण समायोजन हुनुपर्ने र ६० प्रतिशतमात्रै आन्तरिक प्रतिस्पर्धा आफूहरुलाई स्वीकार्य नरहेको स्पष्ट पारिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *