‘नर्दर्न टेरिटोरी स्ट्राइकर’विरुद्धको खेलमा नेपालले टस जित्यो

डिसी नेपाल
३० साउन २०८२ १४:४१
92
Shares

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा सञ्चालन भइरहेको टप एण्ड टी–२० सिरिजमा आफ्नो उद्घाट्न खेलमा नेपालले टस जितेको छ। टस हारेसँगै अस्ट्रेलियाको स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरले पहिला ब्याटिङको निम्तो पाएको छ।

अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड—२ मा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका हुन्।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितसँगै विकेट किपर आसिफ शेख, लोकेस बम, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, रुपेश सिह, सोमपाल कामी, सन्दीप लामिछाने र शाहब आलम छन्।

पहिलो पटक यस प्रतियोगितामा सहभागिता जनाएको नेपालले ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप उक्त प्रतियोगिता खेल्न लागेको हो। प्रतियोगितामा विभिन्न ११ टोलीको सहभागिता रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.