नर्दर्न टेरिटोरी स्ट्राइकरसँग नेपाल पराजित 

डिसी नेपाल
३० साउन २०८२ १७:३९
488
Shares

काठमाडौं। अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० शृङ्खलामा आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। अस्ट्रेलियाको स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग नेपाल ४२ रनले पराजित भएको हो।

नर्दर्न टेरिटोरीले जितका लागि दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३५ रन बनायो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए। यस्तै गुल्शन झाले २६ तथा कप्तान रोहित पौडेलले २३ रन बनाए भने  दिपेन्द्र सिंह ऐरीले १९ रन बनाए। नर्दर्न टेरिटोरीका म्याट हेमण्डले ३ तथा केन रिचार्डसन र टम एन्ड्रयुजले समान दुई दुई विकेट लिए।

यसअघि अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नर्दर्न टेरिटोरी स्ट्राइकरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल बनाएको थियो।

नर्दर्न टेरिटोरी स्ट्राइकरका लागि ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। त्यसैगरी टम एन्ड्रयुजले अविजित ३२ रन जोडे भने जोर्डन सिल्कले १९ रन बनाए। कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ तथा जेक वेदराल्डले ११ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने शाहब आलमले दुई विकेट झारे। त्यस्तै गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले समान एक÷एक विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.