दार्चुलामा दुई जनामा डेंगु संक्रमण

डिसी नेपाल
५ भदौ २०८२ २३:२८
12
Shares

खलङ्गा (दार्चुला)। हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालमा उनीहरुमा डेंगु संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टका अनुसार साउनदेखि भदौको आजसम्ममा दुई जनामा डेंगु संक्रमण पुष्टि भएको हो। संक्रमितमा एक महिला र पुरुष रहेका छन्। उनका अनुसार महाकाली नगरपालिका–६ घर भएकी महिला र बाँकेको कोहलपुर घर भएका पुरुषमा डेंगु संक्रमण पुष्टि भएको हो।

महिलामा गत साउन तथा पुरुषमा आज मात्रै डेंगु संक्रमण पुष्टि भएको हो। उनलाई जिल्ला अस्पतालमै राखिएको र स्वास्थ्यमा केही सुधार भएको सूचना अधिकारी भट्टले बताए।

जिल्ला अस्पतालमा आर्थिक वर्ष २०८१र८२ मा ३२ जनामा महिला पुरुषमा डेंगु संक्रमण पुष्टि भएको थियो। संक्रमित हुनेमा १४ महिला र १८ पुरुष रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *