अन्तत: पाँडे–जिग्री लगायतको टिमले छोड्यो ‘भद्रगोल’, आजदेखि नयाँ कलाकारका साथ प्रशारण हुने

डिसी नेपाल
२० भदौ २०७६ १५:१९

काठमाडौं। नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हाँस्य सिरियल हो, –‘भद्रगोल’ । यसले छोटो समयमै टेलिभिजन र युट्युबमा राम्रो दर्शक कमाएको थियो। अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री)को लेखन निर्देशनमा ‘भद्रगोल’ प्रशारण हुँदै आएको थियो।

तर, लोकप्रिय यो सिरियलको सम्पूर्ण राइटस भने मिडिया हवसंग छ । पाँडे–जिग्री लगायतका कलाकारहरुले विगतदेखि नै एउटा सर्जकले सिर्जना गरेको सम्पूर्ण अधिकार सर्जकमै हुनुपर्छ भनेर निरन्तर पहल गर्दै आएका थिए तर, अधिकार पाउन पाउन सकेका थिएनन्। यहि कारण पनि गत साउनबाट ‘भद्रगोल’ प्रशारण रोकिएको थियो।

अन्नतः पाँडे, जिग्री, बले, रक्षा लगायत कलाकारहरुको टिमले नै ‘भद्रगोल’ छोडेका छन्। अर्जुन घिमिरेले डिसी नेपालसंग कुरा गर्दै आफूहरुको टिमले नै ‘भद्रगोल’ छाडेको बताए।

उनले भने,– ‘हामीले सिर्जना गरेको ‘भद्रगोल’ब्रान्डको राइटस् हामीसंग नभई मिडियाहबले हामीलाई नसोधी दर्ता गरेको छ। हामीले पाउनुपर्ने पैसा आजको दिनसम्म चुक्ता भएको छैन्। त्यसैले यस्तो अवस्थामा काम गर्न सक्दैनौ भनेर हामी सबैले छाडयौं ।’

‘भद्रगोल’ टिमले माग्यो दर्शकसंग सुझाव : यो अवस्थामा हामी के गरौं ?

उनीहरुको टिमले छाडेसंगै आज शुक्रबारबाट रोकिएको ‘भद्रगोल’ नयाँ कथावस्तु, नयाँ शैली र नयाँ कलाकारका साथ प्रशारण हुनेछ। ज्योति काफ्ले र अशोक धितालले ‘भद्रगोल’लाई निर्देशन गर्नेछन्।

निर्देशक ज्योतिले सामाजिक सञ्जाल फेसबुकबाट आज शुक्रबारबाट सिरियल प्रशारण हुने जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *