पुटिनले किमलाई भने- ‘उत्तर कोरियाली सैनिकहरूले कुर्स्कमा बहादुरीपूर्वक लडे’

डिसी नेपाल
१८ भदौ २०८२ १२:३२
116
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच द्विपक्षीय बैठक सुरु भएको छ।

भेटमा पुटिनले किम जोङ उनलाई आफ्नो सम्बन्ध मैत्रीपूर्ण रहेको बताए। उनले उत्तर कोरियाली सेनाले कुर्स्क क्षेत्रलाई मुक्त गर्न मद्दत गरेको बताए।

पुटिनले किमलाई भने कि उत्तर कोरियाली सैनिकहरूले त्यहाँ बहादुरीपूर्वक लडे।

यो बैठक दियाओयुताई स्टेट गेस्टहाउसमा भइरहेको छ, जहाँ चीन भ्रमण गर्ने राष्ट्र प्रमुखहरूलाई स्वागत गरिन्छ।

यसअघि पुटिन र किमको भेट चीनको विजय दिवस परेडको क्रममा भएको थियो। यी दुई नेतासँगै चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि उपस्थित थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *