रुसद्वारा युक्रेनको लागि पश्चिमा सुरक्षा ग्यारेन्टी अस्वीकार

डिसी नेपाल
२० भदौ २०८२ १२:३६

काठमाडौं । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार रुसले युक्रेनमा सुरक्षाको ग्यारेन्टी गर्न विदेशी सेना तैनाथ गर्ने कुनै पनि अवस्था स्वीकार नगरिने स्पष्ट पारेको छ।

यो बयान त्यस्तो समयमा आएको हो जब फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले २६ पश्चिमी देशहरूले युद्धविरामको भोलिपल्टै जमिन, समुद्र वा हवाई जुनसुकै बाटोबाट सेना पठाउन सक्ने औपचारिक वाचा गरेका थिए।

‘कोलिसन अफ विलिङ’ नामक ३५ देशहरूको शिखर सम्मेलनपछि म्याक्रोंले आगामी दिनहरूमा अमेरिकी समर्थनलाई अन्तिम रूप दिइने बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै अमेरिकाको समर्थन ‘सम्भवतः हवाई सहयोग’ को रूपमा आउन सक्ने संकेत गरेका थिए।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पसँग “युक्रेनको आकाशको अधिकतम सुरक्षा” बारे कुरा गरेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *