भारतको मुम्बईमा साझा सद्भाव समूहको कार्यक्रम, संयोजकमा चुनिए भट्टराई

डिसी नेपाल
२२ भदौ २०७६ १०:४५

मुम्बई। साझा सद्भाव समूह भारतले संगठन बिस्तारलाई तिव्रता दिएको छ । भारत कमिटी गठन भएको छोटो समयमै महाराष्ट्र–गुजरात संयुक्त राज्य कमिटी गठन तथा हिन्दु नारिहरुको महान पर्व हरितालिका तीज विशेष कार्यक्रम आयोजना गरेको छ।

भारत प्रवासमा बसोबास गर्ने प्रवासी नेपालीहरूलाई साझा सद्भाव समूहमा आबद्ध गराउने प्रयास जारी रहेको र समूहको मार्फत प्रवासी नेपालीहरू एकजुट हुने अभियान सुरुवात भएको साझा सद्भाव समूह भारतका केन्द्रिय संयोजक गङ्गाप्रसाद भट्टराईले जानकारी दिएका छन्।

संयोजकमा भरत भट्टराई

साझा सद्भाव समूह भारत, महाराष्ट्र–गुजरात संयुक्त राज्य कमिटीको संयोजकमा भरत भट्टराई चयन भएका छन । भट्टराईको नेतृत्वमा ६ सदस्यपछि थप्ने गरि १९ सदस्यीय राज्य कमिटी गठन गरिएको हो । कमिटीको सहसंयोजकमा एकेन्द्र बोहोरा, सचिवमा जगत बहादुर भण्डारी, सहसचिवमा क्ष्मण बोहोरा र कोषाध्यक्षमा मोतिराम भट्टराई चयन भएका छन्। त्यस्तै सदस्यहरूमा– नन्दराज तिमिल्सिना, करन मलाती, विवेक केसी, संगीता रावल, जनक थापा, भरत खड्का रहेका छन्। त्यस्तै रबि जोशी र गणेश जोशी सल्लाहकारमा मनोनीत भएका छन्।

तीज कार्यक्रम

साझा सद्भाव समूह भारत, महाराष्ट्र–गुजरात राज्य कमिटीको आयोजनामा तीज कार्यक्रम सम्पन्न भएको छ । संस्थाले भारत, महाराष्ट्र–गुजरात संयुक्त राज्य कमिटी संयोजक भरत भट्टराईको अध्यक्ष तथा साझा सद्भाव समूह भारतका केन्द्रिय संयोजक गङ्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्यता, केन्द्रिय महासचिव जानकी खनालको बिशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा साझा सद्भाव समूह भारतका केन्द्रीय सदस्यहरू मीनराज शर्मा, महेशराज रेग्मी, चन्द्रकला भट्टराई, अन्य संघ, संस्थाका प्रतिनिधि, व्यापारी, समाजसेवी, कलाकार, पत्रकारहरूको आतिथ्यता रहेका थियो।

मुम्बईमा अन्य सङ्घसंस्थाहरूले गरेका कार्यक्रमहरूको तुलनामा निकै उत्कृष्ट र हो–हल्लारहित तीजको रमाइलो कार्यक्रम भएको आयोजक साझा सद्भाव समूहले जानकारी दिएको छ।

तीज कार्यक्रममा कलाकार तथा महिला दिदीबहिनीहरूले आ–आफ्नो प्रस्तुती मार्फत नेपाली कला  संस्कृतिलाई प्रचार प्रसार गरेका थिए । तीज विशेष कार्यक्रमको संचालक साझा सद्भाव समूह भारतका केन्द्रिय सदस्य मीनराज शर्माले गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *