रवि र अस्मिताको नयाँ गीत ‘च्याप्प समाउँदै’ सार्वजनिक

डिसी नेपाल
२२ भदौ २०७६ ११:४३

काठमाडौं। ‘नेपाल आइडल २’का विजेता रवि ओड तथा सोही कार्यक्रमकी प्रतिष्पर्धी अस्मिता अधिकारीको युगल गायनमा ‘च्याप्प समाउँदै’ बोलको गीत सार्वजनिक गरिएको छ।

तीन दिनअघि सार्वजनिक गीतको भिडियो युट्युब ट्रेन्डिङको २० औं स्थानमा आईपुगेको छ।

यो गीतमा कृष्ण केसीको शब्द तथा हरि लम्सालको संगीत छ। गीतको भिडियोमा आकाश श्रेष्ठ र वर्षा राउतले अभिनय गरेका छन्। भिडियोका निर्देशक निकेश खड्का हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *