भक्तपुरका स्थानीय तह र विद्यालय सञ्चालनमा
भक्तपुर । जनजीवन सामान्य बन्दै गएपछि आजदेखि भक्तपुरका स्थानीय तहका कार्यालय र विद्यालय सञ्चालनमा आएका छन्। भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले नगरपालिका, वडा कार्यालय र विद्यालयहरू सबै सञ्चालनमा आएको जानकारी दिए।
उनले आन्दोलनका क्रममा बन्द भएका सबै कार्यालय आजदेखि सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरेको र सोहीअनुरुप सेवा सुरु भएको बताए।
यसैगरी, सूर्यविनायक नगरपालिकाले तोडफोड भएको नगरपालिका भवनको आजदेखि सरसफाइ सुरु गरेको छ। आन्दोलनको दोस्रो दिन भौतिक संरचना तोडफोड गर्नाका साथै नगरपालिका भवनमा आगजनीको प्रयास भएको थियो। त्यसक्रममा स्थानीयले प्रतिकार गरेपछि आन्दोलनकारी तितरबितर हुँदा भवन जोगिएको छ।
नगरप्रमुख वासुदेव थापाले तोडफोड भएको भवनको आज सरसफाइ गरिएको र सोमबारदेखि सेवा सञ्चालन गरिने बताए। नगरपालिका सबै विद्यालय आजदेखि सञ्चालन भएको उनले जानकारी दिए।
नगरप्रमुख थापाले भने, ‘आज सरसफाइ सकेर फुटाएका सिसाहरू फेर्नेलगायत काम सकेर भोलिदेखि सेवा सञ्चालन गर्छौं। वडा कार्यालयले पनि सेवा सञ्चालन गर्नेछन् तर वडा नं ४ र ७ आन्दोलनकारीको तोडफोड र आगजनीबाट पूर्ण रुपमा जलेर क्षति भएकाले ती कार्यालय सञ्चालनमा आउन केही दिन लाग्ने छ।‘
वडा नं ७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाले भने आन्दोलनकारीेको आगजनीबाट वडा कार्यालय पूर्ण रुपमा ध्वस्त भएकाले तत्काल सेवा सञ्चालन गर्न नसकिने बताए।
मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले सबै वडा कार्यालयले सेवा सञ्चालन गरेका र नगरपालिका भवनमा आगजनी गरेकाले केही दिन समय लाग्ने बताए।
यता चाँगुनारायण नगरपालिकाले पनि आजदेखि वडा कार्यालयबाट सेवा सञ्चालन गरेको छ। नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले नगरपालिकाका सबै वडा कार्यालयले सेवा सुरु गरेको दिए।







डिसी नेपाल







Facebook Comment