नक्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता

डिसी नेपाल
२९ भदौ २०८२ २२:४४
84
Shares

ललितपुर । ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा यही भदौ २४ गते ललितपुरस्थित नक्खु कारागारबाट फरार भएका कैदीबन्दीमध्ये २०६ जना पुनः कारागार फर्किएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २०६ कैदीबन्दीले हालसम्म आत्मसमर्पण गरेको नक्खु कारागार प्रशासनले जानकारी दिएको छ। कारागार प्रशासनले सम्पूर्ण फरार कैदीबन्दीलाई उपस्थित भई प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न सार्वजनिक अपिल गरेपछि उनीहरु सम्पर्कमा आएका हुन्।

नक्खु कारागारमा रहेका तीन ब्लकमा जम्मा एक हजार २८१ कैदीबन्दीमध्ये हालसम्म २०६ जना फर्किसकेका र केही सम्पर्कमा आइसकेको कारागार प्रशासनका सूचना अधिकारी मुरारी कार्कीले जानकारी दिए। कारागार प्रशासनले फरार सबैलाई कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सहयोग गर्न आग्रह गरेको छ।

साथै सम्पर्कमा नआएका कैदीबन्दीलाई कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिँदै सम्पर्कमा आउनेको हकहितको रक्षा गर्दै पुनःस्थापना प्रक्रियामा आवश्यक सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *