जेन-जी को आन्दोलनपछि निरन्तर सेवामा रोटरी एक्सन ग्रुप
काठमाडाैं। रोटरीले नेपालमा भएको भ्रष्टाचार विरुद्ध जेन-जी पुस्ताद्वारा भएको आन्दोलन मा ” Service above self ” भाब आत्मसाथ गर्दै आन्दोलनको दिनदेखि घाइतेको उद्धार, उपचार, खाना, सर्जिकल सामाग्री तथा ध्वस्त भएका सार्वजनिक संरचनाहरुको पुननिर्माण र नेपाल प्रहरीलाई पुर्नस्थापित गर्न आवश्यक सहयोग गर्न रोटरी एक्सन ग्रुप।
रोटरीले जेन-जी आन्दोलनको सुरुवात मै बसी रोटरीबाट immidate Action को लागि सिभिल, टिचिङ र ग्रिन सिटी हस्पिटलमा घाइतेलाई घटनास्थल बानेश्वरबाट हस्पिटल लैजान सहयोग गऱ्यो।
घाइतेहरुको उपचारमा रगत अभाब हुन नदिन बालाजु चोकमा आकस्मिक ब्लड डोनेसन क्याम्प संचालन गरी ७९ पाेका रगत संकलन गर्यो। त्यसैगरी तेस्रो दिन घाइते तथा कुरुवाको लागि खाना, खाजामा सहयोग र घाइतेलाई उपचार पश्चात घरसम्म पुऱ्याउन आफ्नै गाडीमा सेवा प्रदान, एम्बुलेन्स भाडा तिरेर सहयोग गर्दै।
सुरक्षार्थ र उपचारार्थ खटिने मेडिकल टिमलाई खाजा, पानी, मास्क र ग्लोभ्स दिएर सहयोग गरिरह्यो भने ध्वस्त संरचना पुननिर्माणका लागि बसुन्धारा चौकीमा खानेपानी ट्याँकी दिँदै सरसफाई, खाजा, नगद संकलन गर्दै, थापाथली ट्राफिक प्रहरीमा सरसफाई, सिरक डस्ना,वेड र अन्य सहयोग गर्दै, तारकेश्वर नगरपालिकाको धर्मस्थलीमा ३ थान कम्प्युट १ थान प्रिनटर दिँदै ट्वाइलेट बनाउने र दैनिक सेवामा रहने प्रवितबद्धता व्यक्त गरेकाे रोटरी एक्सन ग्रुप मध्यका एक रोटरी क्लब अफ काठमाडौं सर्कलका अध्यक्ष निलहरी कोइरालाले प्रतिबद्धता व्यक्त गरे।















डिसी नेपाल







Facebook Comment