कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

डिसी नेपाल
५ असोज २०८२ २१:३८
52
Shares

कञ्चनपुर । ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना फिर्ता आएका छन्।

कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागारमा रहेका ४७८ कैदीबन्दीमध्ये ४५७ जना भागेका थिए । हालसम्म ३२२ जना फिर्ता आएका र १३५ जना अझै फरार रहेका छन्।

कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये नौ जनालाई मात्रै प्रहरीले पक्राउ गरेको छ। बाँकी १७ जना अझै फरार छन् । अभद्र व्यवहारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक भने कारागारमुक्त भएको प्रशासक जोशीले बताए।

यसैगरी पाँच जना कैदीबन्दीले कैद अवधि पूरा गरी कारागारमुक्त भएका छन्। कारागारबाट बाहिरिएका तीन जना कैदीबन्दी सम्पर्कमा रहेको र भोलि बिहानसम्म फिर्ता आउने आश्वासन दिएको प्रशासक जोशीले जानकारी दिए।

कारागारमा रहेका २१ जना कैदीबन्दी भने आन्दोलनका बेला पनि नभागी त्यही रहेका थिए । भागेका कैदीबन्दी पक्राउ गर्न प्रहरीले ‘सर्च एण्ड अरेष्ट अपरेसन’ सञ्चालन गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *