करिब पाँच हजार जनामा डेंगी संक्रमण
काठमाडौं। डेंगीको संक्रमण पाँच हजारको नजिक पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले चार हजार आठ सय १४ जनामा संक्रमण देखिएको बताए।
उनका अनुसार डोल्पा, हुम्ला र मनाङ् जिल्लाबाहेक सबैजसो जिल्लामा संक्रमण देखिएको छ। संक्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ। डा दाहालले पानी पनि पर्न रोकिए र अब बिस्तारै जाडो सुरु हुन थालेपछि डेंगी संक्रमणको जोखिम कम हुने बताए।
तथ्यांकअनुसार कोशी प्रदेशमा सात सय १४, मधेश प्रदेशमा ९५, बागमती प्रदेशमा एक हजार ६४, गण्डकी प्रदेशमा एक हजार २७३ जना, लुम्बिनी प्रदेशमा आठ सय ४३, कर्णाली प्रदेशमा दुई सय ७० र सुदूरपश्चिम प्रदेशमा पाँच सय ५५ जनामा डेंगी संक्रमण देखिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment