‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै नदीमा हामफालेर दुई जना बेपत्ता

डिसी नेपाल
११ असोज २०८२ २०:१८
1.7k
Shares

हुम्ला। चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन्। आज बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको छ।

प्रहरी सहायक निरीक्षक शंकर पोखरेलले थानीयले नदीमा गएको भन्ने खबर दिएको र हालसम्म अवस्था अज्ञात रहेको बताए। जानकारी आएलगत्तै पिप्लाङ प्रहरी चौकीले खोजी सुरु गरे पनि भेटाउन नसकिएको उनले जानकारी दिए।

बेपत्ता भएका बुढा गाउँपालिकाको शिक्षा शाखामा ‘कम्प्युटर अपरेटर’ रहेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *