अमेरिकाको मिसौरीमा कार दुर्घटनामा ज्यान गुमाएका तीन नेपालीको अन्तिम संस्कार
वाशिङ्गटन् । अमेरिकाको मिसौरी राज्यमा टोयटा दुर्घटना हुँदा ज्यान गुमाएका एकै परिवारका ३ जना नेपालीको अन्तिम संस्कार गरिएको छ। उनीहरुको मिसौरी राज्यमा अन्तिम संस्कार गरिएको हो।
सेप्टेम्बर ३ तारिखका दिन मिसौरी राज्यको २४९ इस्ट हाईवेमा सिल्भर कलरको उक्त टोयटा दुर्घटना हुँदा केही समयदेखि अमेरिकामा बस्दै आएकी श्रदा खनाल ओझा, शान्ता खनाल, गोविन्द खनालको निधन भएको थियो।
उक्त दु्र्घटनामा मृत्यु हुने गोबिन्द खनाल , शान्ता खनाल छोरी श्रद्दा खनाल ओझालाई उनीहरूले अंगालेको धर्म श्रीबैष्णब बिधि अनुसारको कर्म गरी अन्तिम बिदाई गरिएको छ।
हिन्दु परम्परा अनुसार सम्पूर्ण काम भर्जिनियाबाट आएका गोबिन्द खनालका भार्इ कृष्ण खनालले अन्तिम दागबत्तीका साथ शवगृहको बटन थिचेर ३ जनालाई अन्तिम बिदाई गरेका थिए।
खनाल परिवारलाई अन्तिम बिदार्इ दिन मिजौरी, केन्सास , अरकन्सास, टेक्सास , ओक्लोहामा, भर्जिनिया, लुजियाना, मेरिल्याण्ड, न्यूयोर्क, पेन्सेलभेनिया, विसकन्सन , इलोन्वाइ, लुजियाना नेब्रास्का तथा नेपालबाट प्रभाशकी दिदी समेत अन्तिम श्रद्धाञ्जलिमा सहभागी भएका थिए।
आन्माका अध्यक्ष बलराम पन्थी, केन्सास नेपाली सोसाइटीका अध्यक्ष डा राजन पन्त , एन आर एन केन्सास अध्यक्ष फिलिप क्षेत्री लगायतका समाजका सबै बर्गको साथ सहयोग र सहभागिता रहेको थियो । मृतकहरूको दाहसंस्कार कार्यक्रममा सेन्ट लुइसबाट मिसौरी पुगेका आन्माका अध्यक्ष बलराम पन्थीले पीडित परिवारलाई जस्तो सुकै साथ सहयोग दिने बताएका छन्।
उक्त श्रद्धाञ्जलि सभाको सबै ब्यबस्थापन प्रभाश ओझाका भिनाजु सुमन पोखरेलले गरेका थिए।
उपचारमा अस्पतालमा रहेका बाबु सौर्य ओझाको उपचारमा सहयोग गर्न तथा मृतकहरूको अन्तिम श्रद्धाञ्जलिका प्रभाशका भाइ सौरभ ओझाको नाममा गो फण्ड एकाउन्ट समेत खोलिएको छ ।
सौर्य बाबुको उपचार मिजौरीस्थित मर्शी अस्पतालमा नेपाली मूलकी डा जननी तुलाधारले गरिरहेकी छन् । जननी तुलाधर उक्त डिपार्टमेन्टको ३ जना प्रमुख मध्ये एक हुन् । उक्त सहयोग अकाउन्टमा अहिलेसम्म २१ सय भन्दा बढी मानिसहरूले सहयोग गरेका छन्। ७० हजार भन्दा बढी रकम संकलन भैसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment