देशभरको मौसम बदली, मध्य र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित वर्षा हुने
काठमाडौँ । आज मंगलबार देशभरको मौसम सामान्यदेखि पूर्ण रुपमा बद्ली भई धेरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यूनचापीय रेखा औसत स्थानमा नै भए पनि मध्य र पूर्वका केही ठाउँमा भने जलवाष्पयुक्त वायुको प्रभाव देखिएका कारण मौसमी गतिविधि बढ्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज दिउँसो तथा राति देशभरी सामान्य देखि पूर्ण रुपमा बदली रही धेरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment