विकासको बैकल्पिक बाटो अबलम्बन गर्न प्रदीप गिरिको आग्रह
काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले विकासको बैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले मुलुकको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिँडेका साम्यवादी बाटोले पनि नहुने भएकाले बैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताएका हुन्।
स्वर्गीय बिपी कोइरालाले विकास गर्दा सधै मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने कुरा बताउँदै आएको उल्लेख गर्दै उनले बिपीले देखाएको बाटोमा हिड्न आग्रह गरे।
‘कुनै पनि विकास कुनै पनि समाजवाद कुनैपनि साम्यवाद मनुस्यलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ । मनुस्य साध्य हो, साधन होइन,’ उनले भने, ‘केही हुदैन विकास हुँदैछ। दुई चार वटा मान्छे मरे मरुन्। दुईचार महिला बलात्कृत भए हुन भन्न पाइँदैन। प्रत्यक मनुस्य साध्य हो। त्यो बिपीको मान्यता छ।’
विश्वभरमा नै अहिले विकासको बैकल्पिक बाटोबारे छलफल भइरहेको भन्दै उनले अनाहक ऋणको बोझमा पारेर सिंगापुर र स्वीजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरे।
‘बिपीले बारम्बार भन्नुभयो विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न सक्दैन,’ उनले भने।
विपीले सधै ‘चहराइरहेका घाउमा मल्हम लगाउन, गाउमा रहेको बेरोजगारी, अर्धवेरोजारी र गुप्त वेरोजारी सम्बोधन गर्न तथा ठूलाठूला हवाई जहाजका कुरा गरेर जनतालाई भ्रमित नबनाउन’ भन्दै आएको उल्लेख गर्दै उनले विकासका बारेमा विपीले देखाएको बैकल्पिक बाटो तर्फ सोच्न सरकारको ध्यानाकर्षण गराए।







डिसी नेपाल








Facebook Comment