अमेरिकी सेनाबिरुद्ध लडाई जारी राख्ने तालिबानको चेतावनी

डिसी नेपाल
२४ भदौ २०७६ १५:४०

काबुल। तालिबान लडाकू समूहले अफगानिस्तानमा अमेरिकी सेनाबिरुद्धको लडाई जारी राख्ने चेतावनी दिएको छ।

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता “मृततुल्य“ भएको बताएपछि तालिबानको सो भनाई आएको हो।

तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा तालिबानको कब्जा अन्त्य गर्ने दुई तरिकाहरु भएका जिहाद लडाई र अर्को वार्ता भएको एएफपी समाचार समितिलाई बताएका छन्।
‘यदि ट्रम्प वार्ता रोक्न चाहन्छन् भने हामी पहिलो तरिका अपनाउँछौं र उनीहरूले चाँडै नै पश्चाताप गर्नेछन्’ मुजाहिदले बताएका छन्।
तालिबानको उक्त विज्ञप्ति १८ वर्ष भन्दा बढी समयदेखि जारी अफगान युद्धको अन्त्यका लागि हुने वार्ता अमेरिकी राष्ट्रपतिले रद्द गर्नु भएपछि आएको हो।

ट्रम्पले शनिबार ट्वीटमार्फत क्याम्प डेभिडमा अफगानिस्तानका राष्ट्रपति र तालिवान नेताहरूसँग आइतबार हुने भनिएको गोप्य बैठकहरु रद्द भएको घोषणा गरेका थिए।

ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता “मृततुल्य“ भएको बताएका थिए।रासस÷एएफपी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *