बाजुराको बुढीनन्दा नगरपालिकामा युवाहरूले गरे तालाबन्दी

डिसी नेपाल
२२ असोज २०८२ १७:०६
88
Shares

बाजुरा । बाजुराको पूर्वी उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा तालाबन्दी गरिएको छ।

बुधबार बुढिनन्दा नगरपालिका वडा नम्बर २ कोल्टीका युवाहरूले तालाबन्दी गरेका हुन्।

युवाहरुले यहाँका स्थानीय जनताको मागअनुसार काम गर्न नसकेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। कोल्टीमा खानेपानी र विद्यु्त सेवालाई चुस्त बनाउन माग गर्दै तालाबन्दी गरेका छन्।

कोल्टीमा विद्युत र खानेपानीको समस्या जटिल रहेको छ। गुणस्तरिय विद्युत् सेवा नहुँदा यहाँका स्थानीय अँध्यारोमा बस्न बाध्य छन्। कहिलेकाहीँ कोल्टी बजार मैनबतीको साहारामा चलिरहेको हुन्छ। त्यस्तै गुणस्तरीय खानेपानी सेवा नहुँदा स्थानीयले समस्या भोग्दै आएका छन्।

युवाहरुले कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युत् सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका हुन्। नगरपालिकाले पालिकामा खानेपानी र विद्युतको व्यवस्था गर्न नसकेको भन्दै स्थानीय युवाहरूको समूहले ताला लगाएको हुन सक्ने प्रहरीले जनाएको छ।

जनताको माग पूरा नभएसम्म पालिकाको ताला नखोल्ने अडानमा तालाबन्दीकर्ता रहेका छन्।नगरपालिकामा तालाबन्दी गरेपछी तालबन्दी गर्ने समूह र उपप्रमुख रामबहादुर बोहोराबीच छलपल भइरहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.