सर्लाहीमा लागूऔषधसहित चार युवक पक्राउ

डिसी नेपाल
२३ असोज २०८२ १६:३५
56
Shares

सर्लाही । सर्लाही प्रहरीले लागूऔषध सहित विभिन्न स्थानबाट चार जनालाइ पक्राउ गरेको छ।

लालबन्दी नगरपालिका–१ नवलपुर टोलको भित्री सडकबाट तीन र वागमती नगरपालिका–६ मा रहेका राधाकृष्ण मन्दीर स्थित बाँसघारीबाट एक जनालाइ पक्राउ गरेको हो।

सर्लाहीको ब्रम्हपुरी गापा–४ त्रिभुवननगरका १८ बर्षीय प्रिन्सकुमार यादव, भारत विहार सीतामढी जिल्ला सोनवर्सा थाना अन्तर्गत पर्ने बसन्तपुर गाउँका २० बर्षीय कृष्णकुमार यादव र सोही स्थानका १७ बर्षीय किसनकुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डीएसपी सरोज राइले जानकारी उनले दिए।

उनका अनुसार विआर ०६ सिभी ९९८५ नम्वरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट ओनरेक्स–१०० एमएल भएको ११७ बोटल प्रतिबन्धित लागूऔषध रहेका औषधी फेला परेको हो।

यस्तै वागमती नगरपालिका–६ बाट प्रहरीले लागूऔषध सहित २८ बर्षीय जिवन घिसिङलाई पक्राउ गरेको हो । बा– प्र ०२–०३० प ५५७० नम्बरको मोटरसाइकललाई रोकेर प्रहरी चौकी राजघाटले खानतलासी गर्दा कालो रंगको प्लाष्टिकको झोलामा ट्रामन–५० लेखिएको क्याप्सुल २१४ पिस, स्पासमोम लेखिएको क्याप्सुल २०० पिस फेला परेको प्रहरीले जानकारी दिएको छ।

चार जनालाई लागूऔषध कसुरतर्फ सर्लाही जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.