न्याय सेवाका दुई सहसचिव सचिवमा बढुवा
काठमाडौं । न्याय सेवाका दुई सहसचिवको सचिवमा बढुवा सिफारिस भएको छ।
न्याय सेवा आयोगले बिहीबार सहसचिव जितेन्द्रबाबु थपलिया र उद्धवप्रसाद पुडासैनीलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो।
न्याय परिषद् सचिवालयमै थपलियालाई न्याय परिषद्को सचिव र महान्यायाधिवक्ताको कार्यालयमा रहेका पुडासैनीलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन गर्न पनि आयोगले सिफारिस गरेको छ।
पुडासैनी सरकारी वकिल समूहका अधिकृत हुन्। उनी सहन्यायाधिवक्ताबाट नायब महान्यायाधिवक्तामा सिफारिस भएका हुन्।
न्याय सेवा आयोगको सिफारिसलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि लागू हुनेछ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment