गाँजा सेवन गरेका डा. निकोलस भुसाललाई सुधार केन्द्र पठाउने शर्तमा परिवारको जिम्मा लगाइयो

डिसी नेपाल
२३ असोज २०८२ २२:३९
696
Shares

काठमाडौं। काठमाडौंको माइतीघरमा आज भएको प्रदर्शनमा सहभागी रहेका डा निकोलस भुसालले गाँजा सेवन गरेको पाइएपछि सुधार केन्द्र पठाउने शर्तमा उनको परिवारको जिम्मा लगाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भुसालको स्वास्थ्य परीक्षण गर्दा लागुऔषध गाँजा खाएको पाइएपछि सुधार केन्द्र लैजाने शर्तमा परिवारको जिम्मा लगाइएको जानकारी दिए।

उक्त प्रदर्शनका क्रममा आज ४४ जना पक्राउ परेका र उनीहरुलाई छाड्न आवश्यक प्रक्रिया जारी रहेको उनले बताए। डा भुसालसहितका व्यक्तिहरु आज प्रदर्शनमा सहभागी भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *