चीनमा दुर्लभ बाँदर फेला, दुर्लभ प्रजातिको संरक्षणमा ठूलो उपलब्धि

डिसी नेपाल
२४ असोज २०८२ १२:२०
416
Shares

काठमाडौं । चीनको दक्षिण–पश्चिम गुइझोउ प्रान्तस्थित मायाङ्हे राष्ट्रिय प्राकृतिक आरक्ष क्षेत्रमा पाँच वटा सुनौला रौँ भएका दुर्लभ ब्ल्याक लिफ मन्की (बाँदर)का बच्चा फेला परेका छन्। यसले विश्वकै सबैभन्दा ठूलो आरक्ष क्षेत्रमा रहेको यो दुर्लभ प्रजातिको संरक्षण सफलतापूर्वक अघि बढिरहेको संकेत गरेको छ।

आरक्षका अनुसन्धानकर्ताहरूले हालै इन्फ्रारेड निगरानी प्रणाली मार्फत ती बच्चा बाँदरहरूको अस्तित्व पत्ता लगाएका हुन्। यस वर्ष मात्र यो आरक्षमा नयाँ जन्मिएका बाँदरहरूको यो तेस्रो समूह हो। जसले चीनका कास्र्ट क्षेत्रहरूमा लोपोन्मुख वन्यजन्तुको संरक्षणमा ठूलो सफलता देखाएको छ।

हाल मायाङ्हे आरक्षमा करिब ५५० वटा यस प्रजातीका बाँदर ७२ स्थायी समूहमा बसोबास गरिरहेका छन्। यो तथ्याङ्कले आरक्ष क्षेत्र बाँदरहरूको सुरक्षित आवासका रूपमा मजबुत बन्दै गएको प्रमाणित गर्छ।

कालो पात बाँदर चीनमा पहिलो स्तरको संरक्षित जनावरको रूपमा सूचीकृत छ र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको ‘लोपोन्मुख’ सूचीमा पनि पर्छ। यस प्रजातिलाई बसोबासका लागि अत्यन्तै विशेष र सुरक्षित वातावरण आवश्यक पर्छ।

मायाङ्हे आरक्षको अद्वितीय कास्र्ट उपत्यकाको भौगोलिक बनावटले यी बाँदरहरूका लागि आदर्श आवास उपलब्ध गराएको छ। यहाँ २ हजार ३०० भन्दा बढी वनस्पति प्रजाति पाइन्छन्। जस मध्ये १४० भन्दा बढी बाँदरहरूको प्राकृतिक भोजन स्रोतका रूपमा काम गर्छन्।

७०.२ प्रतिशत वन आच्छादन रहेको यो आरक्षले न केवल दुर्लभ बाँदरहरूको आवास सुरक्षित गरेको छ, तर यसले चीनको दक्षिण–पश्चिमी क्षेत्रका लागि एक बलियो पारिस्थितिक अवरोधका रूपमा पनि काम गरिरहेको छ।
सीसीटीभी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *