१६ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु

डिसी नेपाल
२४ असोज २०८२ १८:०६
64
Shares

कञ्चनपुर। कृष्णपुर नगरपालिका–७ कलुवापुरकी १६ वर्षीया युवतीको करेन्ट लागेर आज मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आफ्नै घरको विद्युतीय मोटरबाट नुहाउने क्रममा करेन्ट लाग्दा प्रतिमा रावलको मृत्यु भएको हो।

करेन्ट लागेको थाहा पाएपछि तत्कालै उद्धार गरी उपचारका लागि आफन्त र प्रहरीको सहयोगमा सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिए पनि उपचारकै क्रममा मृत्यु भएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *