नाराको अध्यक्षमा गङ्गाप्रसाद नेपाल निर्वाचित

डिसी नेपाल
२४ भदौ २०७६ १८:४०

काठमाडौं । साहसिक जलयात्रा पर्यटन व्यवसायीको संस्था नेपाल एसोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा गङ्गाप्रसाद नेपाल निर्वाचित भएका छन्।

नाराको आज सम्पन्न ३१औँ साधारणसभा तथा निर्वाचनमा अर्का उम्मेदवार कमलबहादुर ठकुरीलाई हराउँदै नेपाल निर्वाचित भएका हुन्। नेपालले ३७ मत प्राप्त गरे भने ठकुरीले २५ मत प्राप्त गरे।

यस्तै उपाध्यक्षमा मेघबहादुर आले, महासचिवमा शिशिर खनाल, सचिवमा इन्द्रबहादुर राना, कोषाध्यक्षमा रीता अधिकारी र सहकोषाध्यक्षमा नारायण श्रेष्ठ निर्वाचित भएका हुन्। यस्तै सदस्यमा इन्दुदेवी वाग्ले, राजेन्द्र थपलिया र गोपाल राना विजयी भएका छन्।

नाराका ८५ वटा कम्पनीमध्ये निर्वाचनमा भने ६७ कम्पनीका प्रतिनिधिले मतदान गरेका थिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *