कविता : ठूलो भुल, ठूलो घटना

शंकरप्रसाद रिजाल
१ कार्तिक २०८२ ७:५१
132
Shares

भूल त्यो जसले गर्छ गल्ती गर्छ सधैंभरी
बेला बखतमा झस्की हिँड्छ गल्ती गरें भनी
भित्र उसको मनमा हुरी बतास आउँछ
बाहिर मुख त्यो उसको बोली बर्बराउँछ।

सत्य गर्ने कुनै छैनन् पापी छन् यस लोकमा
असत्य गर्ने सत्य गर्ने भेद छैन यो भूमिमा
सत्यले असत्यलाई नियाली कन हेर्दछ
असत्यले अगाडि नै सत्यलाई छोप्दछ।

ठूलो भुल गरेदेखि घटना बढ्न सक्छद
भुलै भुल गरेदेखि ठूलो घटना भोग्नु पर्दछ
आज हेर नेपालमा शासकले कति गरे भुल
घटना घटदै जाँदा जनता अन्यौलमा परे।

सोझा जनता के पो गर्छन् भनी मनपरी गरे
आफ्नो भूलको वास्तै नगरी शासन गर्दै गए
अनुशासनमा नबसी सबले अत्त्याचार गरि गए
अकुत सम्पति माथि पौडी खेल्दै खेल्दै गए।

भ्रष्टाचार गरी सबले ठूला महल बनाउँदै गए
राष्ट्रको ढुकुटी रित्त्याई आफ्नो थैलीपनि भरे
कति भुल गरे तिनले गनी साद्धे नसक्नु छ
घटनाले सीमा नाघ्यो अब हेरी नसक्नु छ।

गरे जेन-जी युवाले हिसाब अति क्रुद्ध भइकन
बर्साए गोली फेरि ओलीले हिसाबै नगरीकन
बीसौं युवाको भयो हत्त्या धेरै रगत बगिकन
महाँकाल बने ओली लामो जिब्रो झिकिकन।

कस्तो भुल गरे तिनले जनता कोही नभनिकन
ठूलो घटना घट्न गयो आगो जताततै बलिकन
८२ भाद्र २३/२४ भाद्रले नेपालमा लियो ठूलो रुप
ठूलो भुलले गर्दा ठूलै घटना कत्तिमा हुनपुग्यो।

जलेसबै नेताहरुको महल धनमाल सव नष्ट भो
नेता लुके सब दुलोमा कोहीको पिटाई घनघोर भो
जले सबै सरकारका अंग जली सब खरानी भयो
ओलीको भूलको दम्भ छिनमै भुइँमा ढल्यो।

नगर्नु भुल कसैले छिट्टै पछुताउनु पर्नेछ
घटना नै घटनाले सबैको नूर गिर्दछ
घटना नै घटनाले सबैको नूर गिर्दछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *