सर्लाहीको धनकौलमा बाढी पीडितको राहत जनप्रतिनिधिले आफन्तलाई मात्र वितरण गरेको आरोप

डिसी नेपाल
३१ असोज २०८२ ८:३१
28
Shares

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा बाढी पीडितका लागि विभिन्न गैरसरकारी संस्थाले पठाएको राहत सामाग्री पालिकाका जनप्रतिनिधिले आफन्त र निकट कार्यकर्तामाझ मात्र बाँडेको आरोप लागेपछि स्थानीयले विरोध गरेका छन्।

बिहीबार बिहानै देखि बाढी पीडितहरू पालिका कार्यालय अगाडि नारा जुलुससहित विरोधमा उत्रिएका थिए। उनीहरूले राहत वितरणमा भएको भेदभाव र अनियमिततामाथि छानबिनको माग गरेका छन्।

पीडितहरूको आरोप अनुसार बाढीबाट वास्तविक रूपमा घरहरुमा क्ष्यति भएकालगायत बसोबाससमेत गुमाएका दर्जनौँ परिवार राहतविहीन छन्। तर पालिकाका जनप्रतिनिधिले आफ्ना नातेदार, पार्टीका कार्यकर्ता र आसेपासेलाई प्राथमिकता दिएर राहत वितरण गरेको उनीहरूको दाबी छ।

एक पीडितका अनुसार क्षतिको विवरण शंकलन गर्न सबैतिर गएर प्रहरी खटिएको र क्षतीको फोटो, भिडियोसमेत खिचेर लगिएको थियो तर राहत वितरणमा तिनै वास्तविक पिडितलाई नै बन्चित गराईएको छ।

बिहीबार बिरोध प्रदर्शन गर्न पालिकामा पीडितहरु पुगेपछि पालिका अध्यक्षसहित कर्मचारी सबैले केहि समयमै कार्यालय बन्द गरेर बेपत्ता भएका थिए । आवाज समेत सुन्न नसक्ने जनप्रतिनिधि भन्दै गुनासो गरे ।

यसअघि जिल्लाकै कोडैना गाउँपालिकामा पनि जनप्रतिनिधिले आफन्तलाई मात्र राहत वितरण गरेको वास्तविक पीडितलाई राहत नदिएको भन्दै हुलाकी सडक नै बन्द गरेर बिरोध गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *